सिरिज्नङ्गामा कुमारीको बदला, एमालेकी कुमारी वडाध्यक्षमा विजयी
nepalpress.com · Sun Dec 01 18:08:38 GMT 2024

विराटनगर । २ बर्ष अघि ताप्लेजुङको सिरीजंगा गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिलप्रसाद वोखिमसँग ४ मतले पराजित भएकी कुमारी सावदेनले उपनिर्वाचनमा भने बाजी मारेकी छन्। उनले माओवादी केन्द्रका अम्वि सावदेनलाई हराएकी हुन्। २०७९ को निर्वाचनमा पहिलो भएको नेपाली कांग्रेस उपनिर्वाचनमा भने तेस्रो स्थानमा पुगेको छ ।
७८ मत गन्न बाँकी रहँदा कुमारीले ३२९ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका अम्बी साँवाले २२७ मत पाएका छन् । दुई बिचको मतान्तर १३२ रहेको छ । गणना हुन बाकी मतभन्दा धेरै मतान्तर भएपछि सावदेनको जित निश्चित भएको हो । उनी उप निर्वाचनमा विजयी हुने पहिलो महिला वडाध्यक्ष समेत भएकी छन् । ७९को निर्वाचनमा कुमारीले ३९९ मत पाएकी थिइन् । विजयी भएका बोखिमले भने ४०३ मत पाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)