काठमाडौंमा 'फार्म हाउस' बाट लागुऔषधको कारोबार गरेको आरोपमा १३ जना पक्राउ
setopati.com · Mon Jun 15 09:29:42 GMT 2026

काठमाडौंमा फार्म हाउसको आवरणमा लागुऔषध ट्रामाडोल कारोबार गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ट्रामाडोल सहित १३ जनालाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
प्रहरीले टोखा र चन्द्रागिरिबाट उनीहरूलाई पक्राउ गरेको हो।
भारतबाट खरिद गरी काठामडौंका विभिन्न फार्म हाउसबाट कारोबार गरेको आरोप छ।
उनीहरूबाट दुई लाख ९ हजार ट्रामाडोल, २ हजार ४ सय अन्य लागुऔषध, ७ लाख ८७ हजार ५ सय रुपैयाँ र २८ वटा मोबाइल बरामद गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ