मधेस बजेट : तलब र प्रोत्साहन भत्ता १०/१० प्रतिशतले वृद्धि
baahrakhari.com · Mon Jun 15 09:32:05 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारले कर्मचारीको तलब र प्रोत्साहन भत्तामा १० प्रतिशतले वृद्धि गरेको छ । सोमबार (असार १) अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब र प्रोत्साहन भत्ता बढाइएको बताएका हुन् ।
प्रोत्साहन भत्ता कर्मचारीको कार्यसम्पादनका आधारमा दिइने समेत बजेटमा उल्लेख छ ।
सरकारी निकायमा ढिलासुस्ती गरे नागरिकलाई क्षतिपूर्ति दिनुपर्ने, सुशासन कायम गरिने बजेट वक्तव्यमा जनाइएको छ ।
#बजेट
#तलब
#मधेस प्रदेश
#कर्मचारी
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)