मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कलश स्टक मार्केटको १० दिने निःशुल्क सेयर शिक्षा कार्यक्रम सम्पन्न

baahrakhari.com · Mon Jun 15 09:26:53 GMT 2026

काठमाडौं । धितोपत्र व्यवसायी कम्पनी कलश स्टक मार्केट (ब्रोकर नं ७४)ले १० दिने विस्तृत ‘फन्डामेन्टल तथा टेक्निकल’ अनलाइन सेयर शिक्षा/तालिम सम्पन्न गरेको छ । बढ्दो सेयर बजारप्रति सर्वसाधारणको चासोलाई मध्यनजर गर्दै कम्पनीले पूर्ण रूपमा निःशुल्क उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।

तालिममा स्वदेश तथा विदेशबाट समेत लगानीकर्ताको सहभागिता थियो । जुम प्रविधिमार्फत प्रत्यक्ष सञ्चालित तालिममा दैनिक एक हजार बढीको संख्यामा बुकिङ र उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय