मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महिलालाई व्यवसायीमुखी बनाउन सीपमूलक तालिम

ratopati.com · Sun Apr 19 18:57:59 GMT 2026

जनकपुरधाम । महिलालाई रोजगारमूलक तथा व्यवसायमुखी बनाउने उद्देश्यले फाइबर माला तथा कालोधुप, कपासका बत्ती बनाउनेसम्बन्धी ११ दिने तालिम आयोजना गरिएको छ । जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्थामा आइतबार तालिमको समापन गरिएको हो ।

‘गरिबसँग विषेश्वर’ कार्यक्रमअन्तर्गत वडाको रु तीन लाखको सहयोगमा आयोजना गरिएको तालिममा आर्थिक अवस्था कमजोर भएका ३० जना महिलाको सहभागिता थियो । फाइबर माला तथा कालोधुप, कपास बत्ती तालिम उपभोक्ता समिति जनकपुरधाम–२१ कुर्थाद्वारा सञ्चालित तालिमका सहभागी महिलालाई आइतबार एक समारोहबिच तालिम प्रमाणपत्र वितरण गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)