मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगाेलको प्रारम्भिक अग्रता, कसले कति मत पाए ?

nepalpress.com · Sun Dec 01 18:18:17 GMT 2024

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका कृष्णमान डंगाेलले शुरुवाती अग्रता लिएका छन् । मत गणनाको पछिल्लो अपडेटअनुसार उनले ४५० मत पाएका छन् भने दोस्रो स्थानमा माओवादी केन्द्रका शिव शरण महर्जनले ३२७ मत प्राप्त गरेका छन् । एमालेका डा. सुरेन्द्र मानन्धरले ३१० मत पाएका छन् ।

मतगणना जारी रहेको छ । २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका राज कुमार नकर्मी बिजयी भएका थिए । उनको निधनपछि उपनिर्वाचन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)