मोदी गाउँपालिकामा पहिलो ‘लिफ्ट’ खानेपानी आयोजनाको काम सुरु
ratopati.com · Sun Apr 19 19:01:10 GMT 2026

पर्वत । यहाँको मोदी गाउँपालिकामा पहिलो पटक बोरिङमार्फत लिफ्ट गरी खानेपानी आयोजना सुरु गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला–तिलाहार बोरिङ/लिफ्ट खानेपानी आयोजनाको काम आइतबारदेखि सुरु गरिएको हो । आयोजनाको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले शिलान्यास गरेका थिए ।
सो आयोजना सम्पन्न भएपछि लामो समयदेखि खानेपानी समस्या भोग्दै आएका मोदी गाउँपालिका–६ तिलहार, थामर्जुङ र दराक क्षेत्रमा सहज हुने अपेक्षा गरिएको छ । बस्तीभन्दा तल रहेको रतीखोला किनारबाट बोरिङमार्फत पानी उत्खनन गरिने भएको छ । उत्खनन गरिएको पानी झन्डै एक किलोमिटरमाथि डाँडामा ट्याङ्की निर्माण गरी लिफ्टमार्फत तानेर घरघरमा वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष लामिछानेले जानकारी दिए । यो आयोजनाबाट एक हजार घरपरिवारलाई खानेपानीको सुविधा विस्तार गर्ने योजना रहे पनि तत्कालका लागि अति समस्यामा परेका २०० घरपरिवारमा विस्तार गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)