महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
onlinekhabar.com · Fri May 22 13:58:21 GMT 2026

८ जेठ, जलेश्वर (महोत्तरी) । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार जिल्लाको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो ।
मनरासिस्वा-७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरू १२ वर्षीया स्नेहाकुमारी र ६ वर्षीया शिवानीकुमारी, अजिज नदाफकी १२ वर्षीया छोरी अफसाना खातुनको डुबेर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)