१५ वर्षमा १८ किलोमिटर सडक कालोपत्र : स्थानीयका घर भत्काइए, मुआब्जा आएन
ekantipur.com · Sun Dec 01 18:43:29 GMT 2024

गुल्मी — बुद्ध जन्मस्थल लुम्बिनीलाई ढोरपाटन सिकार आरक्ष जोड्ने सालझण्डी–ढोरपाटन सडक ट्र्याक खुलेको १५ वर्षमा जम्मा १८ किलोमिटर मात्र कालोपत्र भएको छ । संघीय सरकारले बजेटमा प्राथमिकता नदिएपछि १९७ किलोमिटर सडकमध्ये १५ वर्षमा जम्मा १८ किलोमिटर कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ ।
लुम्बिनी र गण्डकी प्रदेशका ५ जिल्ला रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान र बागलुङलाई प्रत्यक्ष जोड्ने र रुकुम पश्चिमलगायतका जिल्लाका बासिन्दालाई समेत लाभ पुग्ने गरी २०६६ सालदेखि उक्त सडक निर्माण थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)