मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

एक जना अनमीको भरमा प्रसूति सेवा

ratopati.com · Sun Apr 19 19:35:20 GMT 2026

सिरहा । यहाँको नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूति गृह (बर्थिङ सेन्टर) कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने यस संस्थामा हाल एक जना अनमी मात्रै छन् ।

सामान्यतया एउटा व्यवस्थित प्रसूति गृह सञ्चालनका लागि कम्तीमा दुई जना स्टाफ नर्स, एक जना स्वास्थ्य सहायक (एचए) र एक जना कार्यालय सहयोगी आवश्यक पर्छ । तर, यहाँ छैटौँ तहकी अनमी टीकादेवी ढुङ्गेलले एक्लै चौबिसै घण्टा सेवा दिनुपर्ने बाध्यता छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)