आगामी आवको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
corporatenepal.com · Fri Jun 05 08:47:13 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आव २०८३-८४ को मौद्रिक नीतिका लागि राय सुझाव माग गरेको छ ।
राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आज सूचना प्रकाशित गरी असार ५ गतेसम्म राय सुझाव उपलब्ध गराउन सरोकारवाला सबैमा अनुरोध गरेको छ ।
Advertisement
गत जेठ १५ गते सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याएको अवस्थामा वित्तीय र मौद्रिक नीतिबीच समन्वय कायम गर्दै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक जुटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ