मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापा कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

ekantipur.com · Sun Dec 01 18:57:41 GMT 2024

भद्रपुर — झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।

आइतबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । उनका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)