मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जापान र नेदरल्यान्ड्सको रोमाञ्चक बराबरी

gorkhapatraonline.com · Mon Jun 15 09:32:12 GMT 2026

एसियाली पावर हाउस जापान र उपाधि दावेदार नेदरल्यान्ड्सले फिफा विश्वकपको पहिलो खेलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

अमेरिकाको डालास स्टेडियममा आइतबार राति भएको खेलमा जापान र नेदरल्यान्डस्ले २–२ गोलको रोमाञ्चक बराबरी खेले । खेलमा सुरुवाती अग्रता नेदरल्यान्ड्सले लिएको थियो ।

५१औँ मिनेटमा कप्तान भर्जिल भान डाइकले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । त्यसपछि ५७औँ मिनेटमा केइतो नाकामुराले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

त्यसपछि ६४औँ मिनेटमा क्रिसेन्सियो समरभिलले उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः अग्रता दिलाउनुभयो । तर, ८८औँ मिनेटमा डाइची कामाडाले गोल गर्दै जापानलाई हारबाट जोगाउनुभयो । समूह ‘एफ’ मा पहिलो बराबरीसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।

यही समूहको अर्को खेलमा स्विडेनले ट्युनिसियालाई ५–१ गोलले हराएको छ । जितसँगै तीन अङ्क बनाएको स्वीडेन समूह ‘एफ’ को शीर्षस्थानमा छ । ट्युनिसियाले हारबाट विश्वकपको सुरुवात गरेको छ । एजेन्सी

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय