मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा

barnanmedia.com · Fri Jun 05 08:50:21 GMT 2026

किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण हुन नसक्दा किसान मर्कामा परेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जमा डिएपी, युरिया र पोटास पर्याप्त परिमाणमा मौज्दात रहेपनि प्रदेशस्तरीय मल व्यवस्थापन समितिले वितरणसम्बन्धी निर्णय नगर्दा धानको बीउ राख्ने समयमा किसानले मल पाउन सकेका छैनन् ।

कृषि सामग्री कम्पनीका अनुसार हाल डिएपी ४८४ दशमलव ३०० मेट्रिक टन, युरिया ५०७ दशमलव ५५० मेट्रिक टन र पोटास १०२ दशमलव ४०० मेट्रिक टन मौज्दात छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)