मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

barnanmedia.com · Mon Jun 15 09:36:32 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघिय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले आज भेटघाट गरे ।

सो अवसरमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार जर्मन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा गरिरहेको पूर्वाधार निर्माणका साथै विभिन्न परियोजनामार्फत भएको सहयोगका लागि मन्त्री मेहताले प्रशंसा गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)