मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

nepalnews.com · Mon Sep 07 08:57:56 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेशमन्त्री एडमले परराष्ट्रमन्त्री खनाललाई भोटेकोशी नदीमा गएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका थिए।

उनले विपद्को यस दुःखद घडीमा नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी, परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गरेकामा माल्दिभ्स सरकार तथा जनताप्रति आभार व्यक्त गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)