सम्पत्ति जाँचबुझ आयोगले कोही नछुट्ने गरी यसरी गर्नुपर्छ छानबिन
barnanmedia.com · Sun Apr 19 21:41:45 GMT 2026

सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा ‘सम्पत्ति जाँचबुझ आयोग’ गठन गरेसँगै एउटा महत्त्वपूर्ण प्रश्न फेरि उठेको छ— शासकीय लाभका पदाधिकारीहरूको सम्पत्ति जाँच गर्ने घोषणा त बारम्बार हुँदै आएको हो तर के यसपटक साँच्चै ‘अकुत सम्पत्ति’को जरोसम्म पुग्न सकिन्छ ? यो प्रश्न किन पनि महत्त्वपूर्ण छ भने गत भदौ २३ र २४ को जेनजी आन्दोलनको मुख्य माग र मुद्दा पनि यही नै थियो ।
शक्तिशाली न्यायिक आयोग गठन भएपछि उसले काम गर्न सक्दैन भन्ने त होइन। तर यसको वास्तविक प्रभावकारिता उसको कार्यशैली, कार्यक्षेत्र र अधिकारको प्रयोगमा निर्भर रहनेछ। अहिलेको अवस्थामा आयोगको कामको सीमा, प्रकृति र अधिकारबारे पूर्ण विवरण सार्वजनिक भइसकेको छैन, जसले केही अन्योल पनि पैदा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)