मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

gorkhapatraonline.com · Mon Jun 15 09:44:10 GMT 2026

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले जाजरकोटको नलगाड नगरपालिका–१, चिउरी निवासी ४० वर्षीय सुरेश विकलाई पक्राउ गरेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार बैंकिङ कसुर मुद्दामा अनुसन्धानको क्रममा फरार रहेका बिकलाई आइतबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९, राडीबजारबाट पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)