मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोजगार मेलामार्फत १६४ लाई रोजगारी

kendrabindu.com · Mon Jun 15 09:49:06 GMT 2026

सुरुङ्गा (झापा) । सुरुङ्गामा आयोजना भएको ‘बिर्तामोड रोजगार मेला’ मार्फत १६४ युवाले रोजगारी प्राप्त गरेका छन् ।

काम गर्न इच्छुक एक हजार ७६ आवेदकले निवेदन दर्ता गराएकामध्ये पहिलो चरणमै १६४ व्यक्तिले रोजगारी प्राप्त गरेका हुन् । बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने उक्त मेला रोजगारदाता र बेरोजगार व्यक्तिबीच प्रत्यक्ष समन्वय गराउने उद्देश्यले भएको नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिए।

मेलामा विभिन्न क्षेत्रका २५ रोजगारदाता सङ्घसंस्थाका प्रतिनिधिले सहभागिता जनाएका थिए। एक हजारभन्दा बढी आवेदकलाई आगामी दिनमा थप रोजगारीका अवसरसँग जोड्न पहल गरिने बिर्तामोड उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

बिर्तामोडस्थित अतिथि सदनमा शनिबारदेखि सुरु भएको मेलामा दुई हजार ८७१ जनाले अवलोकन गरेको बिर्तामोड उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)