काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
barnanmedia.com · Mon Jun 15 09:48:57 GMT 2026

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरीको नक्कली परिचयपत्र, भारी मात्रामा लागु औषध र नगद रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। लागु औषध बिक्री वितरण गरिरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले ३२ वर्षीय एक युवालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ नारायणटार स्थायी घर भई हाल सोही नगरपालिकाको वडा नम्बर ८ माकलबारीमा डेरा गरी बस्ने वर्ष ३२ को नवाङ शेर्पा रहेका छन्। प्रहरी टोलीले शेर्पा बस्ने कोठामा शङ्का लागेर चेकजाँच तथा खानतलासी गर्ने क्रममा अवैध लागु औषध, नगद र प्रहरीको नक्कली परिचयपत्र फेला पारेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
नेपाल प्रहरी