मधेश सरकारले घटायो बजेटको आकार, के–के छन् विशेषता ?
shilapatra.com · Mon Jun 15 10:07:06 GMT 2026

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो बजेट अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले सानो छ । गत आर्थिक वर्ष २०८२ /०८३ मा प्रदेश सरकारले ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको थियो । बजेटको आकार घटेकाले यसलाई सामान्य रूपमा स्रोत अभावको परिणामका रूपमा बुझ्न सकिन्छ ।
तर बजेट भाषण र प्राथमिकताहरूलाई गहिरिएर हेर्दा मधेश सरकारले यसपटक रकम थप्नेभन्दा पनि खर्च गर्ने शैली, कार्यक्रम सञ्चालनको तरिका र सरकारी संयन्त्रको कार्यक्षमता सुधारलाई केन्द्रमा राखेको देखिन्छ । त्यसैले यो बजेट रकमको होइन, कार्यप्रणाली परिवर्तनको दस्तावेज बन्न खोजेको देखिन्छ । विगत केही वर्षदेखि मधेश प्रदेशसहित अधिकांश प्रदेश सरकारहरू साना–साना योजना, राजनीतिक दबाबका कार्यक्रम, न्यून कार्यान्वयन क्षमता र कमजोर पुँजीगत खर्चका कारण आलोचित हुँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)