ग्यासको पर्खाइमा तीन सयभन्दा बढी उपभोक्ता, आपूर्ति आधा
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

हुम्ला । सदरमुकाम सिमकोट गाउँपालिका ५ र ६ को मुकाम क्षेत्रमा पछिल्लो समय करिब ८० प्रतिशतभन्दा बढी घरपरिवारले खाना पकाउन ग्यास प्रयोग गर्दै आएका छन्। तर नियमित आपूर्ति हुन नसक्दा अहिले यही ठूलो उपभोक्ता समूह ग्यास सिलिन्डरको पर्खाइमा लाम बस्न बाध्य भएको छ।
ग्यास पाउने आसमा सिमकोट बजारमा तीन सयभन्दा बढी उपभोक्ता लाममा बसेका थिए। तर आपूर्ति भने जम्मा एक सय ५० सिलिन्डर मात्र थियो। मागको तुलनामा आपूर्ति आधाभन्दा पनि कम भएपछि लाममा बसेका अधिकांश उपभोक्ता ग्यास नपाई रित्तो सिलिन्डर बोकेर घर फर्किन बाध्य भए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)