मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फेवातालमा चिनियाँ ड्रागन रेस

annapurnapost.com · Sun Jun 18 00:44:50 GMT 2023

पोखरा : पर्यटकीय सहर पोखरामा असार ८ र ९ गते नेपाल–चीन मैत्री ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ। यस फेस्टिभलका लागि आठ वटा चिनियाँ डुंगा पोखरा ल्याएर प्रतिस्पर्धाका लागि प्रशिक्षण भइरहेको छ। ड्रागन बोट रेस फेस्टिभलमा चीनबाट सहभागी टोली सोझै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउने भएको छ। चीन सरकारको ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ६ महिनापछि पहिलो पटक विदेशबाट अन्तर्राष्ट्रिय उडानका रूपमा चीनबाटै पोखरा विमानस्थलमा जहाज अवतरण हुन लागेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ पाहुना लिएर छेन्दुक सहरबाट असार ६ गते विमान आउन लागेको हो। सिचुवान एयरलाइन्सको एयरबस ३१९ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका रूपमा पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)