जातीय पोशाकबाट आम्दानी
deshsanchar.com · Fri Jul 18 17:15:09 GMT 2025

कैलाली – वनस्पति अनुसन्धान केन्द्र कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यानमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ। प्राकृतिक हराभरा, तालतलैया, विभिन्न प्रजातिका जडीबुटीको उत्पादनलगायत मनोरमणीय दृष्ट्रिकोणले उक्त उद्यान निकै प्रख्यात मानिन्छ।
उद्यानमा घुमघाम, रमाइलोका लागि दिनहुँ ठूलो सङ्ख्यामा पर्यटक आउने गर्दछन्। प्रायः गरेर यहाँका विभिन्न जातीय पहिचान झल्कने पोशाक लगाएर तस्वीर लिने पर्यटकको रोजाइमा पर्ने गर्दछ। उद्यानमा सोही पोशाक लगाएर फोटो खिचाउने पर्यटकबाट लिने शुल्कबाट स्थानीय रञ्जिता चौधरीले आम्दानी गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)