मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सम्झौताको घोषणापछि स्ट्रेट अफ होर्मुज पार गर्दै गरेको देखियो जहाज

ratopati.com · Mon Jun 15 10:23:02 GMT 2026

तेहरान । अमेरिका र इरानबीच सम्झौता भएको घोषणा भएको केही घण्टामै स्ट्रेट अफ होर्मुजबाट एउटा तेल ट्यांकर सुरक्षित रूपमा पार गरेको सार्वजनिक भएको छ ।

बीबीसी भेरिफाइले जहाजहरूको गतिविधि निगरानी गर्ने तथ्याङ्कको अध्ययन गर्दा जहाजहरू उक्त महत्वपूर्ण समुद्री मार्ग हुँदै आवतजावत गरिरहेको देखिएको जनाएको छ ।

जहाज निगरानी वेबसाइट मरीन ट्राफिकका अनुसार डिशा नामक माल्टाको झण्डा बोकेको तेल ट्यांकर जुन १३ मा कतारको रस लाफान बन्दरगाहबाट तेल तथा अन्य कार्गो लिएर प्रस्थान गरेको थियो । त्यसैगरी पानामाको झण्डा बोकेको एमडीएल कमरान नामक गरेको अर्को मालवाहक जहाज जुन ११ मा इरानको बन्दर इमाम खोमेनी बन्दरगाहबाट निस्किएको थियो । उक्त जहाजले आइतबार स्टे«ट पार गरेको बताइएको छ ।

रिपोर्टअनुसार स्टे«ट पार गर्ने क्रममा जहाजको स्थान जानकारी दिने ट्र्याकिङ प्रणाली केही समयका लागि बन्द भएको थियो । तर जलमार्ग पार गरेपछि पुनः संकेत प्रसारण सुरु भएको देखिएको छ । जहाज हाल ओमानको शिनास बन्दरगाहतर्फ गइरहेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)