आईपीएल : तालिकाको शीर्षमा उक्लियो राजस्थान, बैंग्लोर २९ रनले पराजित
nepallive.com · Wed Apr 27 00:20:00 GMT 2022
काठमाडौं– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरलाई २९ रनले हराएको छ। जितसँगै गुजरात टाइटन्सलाई नेटरनरेटमा पछि पार्दै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
जितको लागि १ सय ४५ रनको मध्यम लक्ष्य पछ्याएको बैंग्लोर १९.३ ओभरमा १ सय १५ रनमा अल आउट भयो। बैंग्लोरका कप्तान फाफ डु प्लेसिसको सर्वाधिक २३ रनबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)