मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण-पूर्वी एसियाका अवैध स्क्याम सेन्टरबाट ६८७ नेपाली उद्धार

canadanepal.com · Fri May 22 15:10:06 GMT 2026

काठमाडौँ - दक्षिण-पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालन भइरहेका अवैध अनलाइन स्क्याम सेन्टरमा फसेका नेपाली नागरिकको उद्धार कार्य जारी रहेको सरकारले जनाएको छ । हालसम्म ६ सय ८७ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस तथा थाइल्यान्डको सीमावर्ती क्षेत्रमा सञ्चालित गैरकानुनी स्क्याम सेन्टरमा विभिन्न प्रलोभनमा परेर पुगेका नेपालीको खोजी तथा उद्धार निरन्तर भइरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)