वाह क्रिकेटर ! संकटमा सफलताको लय, छैन पराजयको भय
shilapatra.com · Fri May 22 15:08:00 GMT 2026
क्षमताभन्दा पनि औसत खेल्दै कमजोर देखिएको नेपाली क्रिकेट टिमले सानदार लय समातेको छ । एक से एक खेलाडी रहे पनि आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपाल संकटको अवस्थामा थियो । ओपनर, मिडिलअर्डरदेखि फिनिसिङ मात्रै होइन, परम्परागत बलियो बलिङबाट समेत नेपालकाे स्तर खस्किएको थियो ।
क्रिकेटका बलिङ, ब्याटिङ र फिल्डिङमा एकपछि अर्को कमजोर प्रदर्शनले खेलाडीको आलोचना हुन थालिसकेको थियो । तर, पुरानो कुरा बिर्सेर पछिल्लो दुई साताको खेल हेर्ने हो भने नेपाल अर्कै सफलताको बाटोमा छ । संकटको डिलबाट सफलतातिर लम्केको छ । अर्को शब्दमा भन्ने हो भने अब्बल क्रिकेटको नमुना देखाउँदै नेपाल च्याम्पियनको शैलीमा खेलिरहेको छ । संकटमा शक्ति देखाउँदै नेपालले आफूलाई सानदार लयमा उतारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)