मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कागज उद्योगमा रमाउँदै पासाङ

barnanmedia.com · Sun Mar 09 21:45:45 GMT 2025

काठमाडौँ, २६ फागुनः भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँड्नुभएका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाउनुभयो । घरमा चौंरी पाल्न दुःख भएपछि गाउँ छोडेर जागिरको खोजीमा निस्कनुभएका उहाँलाई के काम पाइन्छ र के गर्ने भन्ने टुङ्गो थिएन ।

हाते कागज उद्योगमा काम छाडेर फेरि कामकै खोजीमा उहाँ बाजुरा पुग्नुभयो । पासाङले बाजुरामा काम त पाउनुभयो तर त्यहाँ पनि हाते कागज उद्योगमै । केही समयमा बाजुरा छोडेर सुर्खेत जानुभएका उहाँ फेरी कागज उद्योगमै पुग्नुभयो । “त्यो उद्योगमा काम जानेको मान्छे अरु रहेनछ, उद्योगले मान्छे खोजी रहेका बेला म पुगेँ, बसौँ भन्यो त्यहाँ पनि डेढवर्ष जति काम गरेँ”, विगत सम्झँदै उहाँले भन्नुभयो । २२ वर्षअघि गोरखा र लम्जुङको सिमानामा रहेको चेपेखोलामा आफ्न्तले चलाएको उद्योगमा आएर छ वर्ष जति काम गरेपछि आफैलाई उद्योग आफै चलाउने हिम्मत आयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)