शिक्षक सरुवामा कडाइ
nepallive.com · Mon Jun 15 10:40:28 GMT 2026

काठमाडौं– सरकारले शिक्षक सरुवामा कडाइ गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले देशभरका शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहहरूलाई परिपत्र गर्दै शिक्षक सरुवा केही सर्त पालना गर्न निर्देशन दिएको हो ।
अबदेखि शिक्षक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि माग गरिएका पदहरूमा कुनै पनि प्रकारको सरुवा गर्न पाइने छैन ।परिपत्रमा भनिएको छ, ‘स्थायी पदपूर्तिको लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्नू ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)