मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कृषि उत्पादन बढाउन बगैँचा व्यवस्थापनमा जोड

barnanmedia.com · Sat Nov 22 22:14:29 GMT 2025

पोखरा महानगरपालिका–३१ खनास्वारामा रहेको कागती बगैँचाको बागवानी विकास स्रोत केन्द्र मालेपाटनको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी बगैँचा व्यवस्थापनमा जोड दिएको छ ।

टोलीले फार्मको बगैँचा व्यवस्थापन समग्र रूपमा सन्तोषजनक देखिए पनि गुणस्तरीय र उत्पादकत्व वृद्धिका लागि नियमित निगरानी र उचित कृषि प्रविधिको प्रयोग आवश्यक रहेको सुझाव दिएको छ । अनुगमनका क्रममा टोलीले कागती बगैँचामा कत्ले कीराको प्रकोप देखिएको र यसले उत्पादनमा दीर्घकालीन असर पार्न सक्ने भएकाले समयमै उपचार र जैविक कीट व्यवस्थापन विधि अपनाउन सुझाव दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)