सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि एक लाख २१ हजार बनाउन सिफारिस
onlinekhabar.com · Fri May 22 15:21:27 GMT 2026

८ जेठ , काठमाडौं । आर्थिक वर्ष २०७९-०८० को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढाएका थिए । तर आव २०८० / ०८१ , २०८१ / ०८२ र २०८२ / ०८३ मा तलब बढेन ।
निजामती सेवा ऐनमा तलब भत्ता पुनरावलोकन समितिले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर , कुल दरबन्दी संख्या र विगत तीन वर्षमा मूल्यसूचीको आधारमा प्रदान गरिएको महँगी भत्तालाई समेत आधार मानेर तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)