परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्रीबीच भेटवार्ता
gorkhapatraonline.com · Mon Sep 07 10:07:33 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा भएकोे भोटेकोशी बाढीको विपदमा सहकार्य बढाउने समझदारी भएको छ । विपदको समयमा नेपालसँग ऐक्यवद्धता जनाउन नेपाल आउनु भएका उहाँसहितको कोरिया प्रतिनिधिमण्डलसँग आज परराष्ट्र मन्त्रालयमा छलफल भएको हो । मन्त्रालयका अनुसार उहाँहरुबीच विपतपछि जारी खोज, उद्धार तथा राहत कार्यसँगै द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।
उक्त द्विपक्षीय भेटवार्ताका क्रममा गत २६ अगस्टमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता हुनुभएका दक्षिण कोरियाका नागरिकको खोजी तथा उद्धार कार्यका विषयमा गहन छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)