सडक मापदण्डभित्रका बासिन्दालाई क्षतिपूर्ति दिइँदै
barnanmedia.com · Sat Nov 22 22:28:13 GMT 2025

मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक क्षेत्रका स्थानीयलाई क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउन सुरु गरिएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयले उक्त क्षेत्रमा सडक स्तरोन्नतिका क्रममा सडक मापदण्डभित्र पर्ने घरटहरा र संरचनाको रकम उपलब्ध गराउन थालेको हो ।
रिडी–तम्घास सडकमा मदन भण्डारी राजमार्ग योजना कार्यालयले क्षतिपूर्तिबापत स्थानीयलाई हालसम्म रु एक करोड ५२ लाख भुक्तानी गरिसकेको सूचना अधिकारी एवं इन्जिनियर हुमनाथ पौडेलले जानकारी दिनुभयो । यसपटक कम बजेट विनियोजन भएका कारण यस आर्थिक वर्षमा ५० प्रतिशतमात्र उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)