जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपतिको आग्रह
lokaantar.com

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्याय सुनिश्चित गर्नका लागि ठोस र प्रभावकारी कदम चाल्न अनुरोध गरेका छन् ।
भदौ १० मा रसुवामा गएको बाढी पहिरो त्यसबाट भएको जनधनको क्षतिपश्चात् राष्ट्रको नाममा सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय समुदायसँग त्यस्तो अनुरोध गरेका हुन् । ‘...विपत्तिले केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ‚’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)