विश्व पर्वतारोहण महासंघमा तीन पर्यटन व्यवसायी निर्वाचित
shilapatra.com · Fri May 22 15:27:00 GMT 2026
विश्व पर्वतारोहण महासंघ (यूआईएए)मा तीन नेपाली व्यवसायी निर्वाचित भएका छन् । नेपाल पर्वतारोहण महासंघ (एनएमए)ले शुक्रबार विज्ञप्ति जारी गरी विश्व पर्वतारोहण महासंघमा नेपाल पर्वतारोहण संघका तीन पदाधिकारी निर्वाचित भएको जानकारी दिएको हो ।
संघका अनुसार एनएमएका प्रथम उपाध्यक्ष ईश्वरी पौडेल यूआईएएको ‘माउन्टेन प्रोटेक्सन कमिसन’को सदस्य, महासचिव राजेन्द्रबहादुर लामा ‘माउन्टेनिरिङ कमिसन’को पूर्ण सदस्य र सचिवालय सदस्य गोकुल थापा ‘माउन्टेनिरिङ कमिसन’को सदस्यमा निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)