मेलिना राईः गीतले बनायो परिचय, संघर्षले बनायो स्टार
kalakarmi.com · Mon Jun 15 11:08:33 GMT 2026

काठमाडौं– नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका मेलिना राई आज लोकप्रियता, व्यस्तता र निरन्तर सफलताका कारण चर्चामा रहन्छिन् । मधुर स्वर, शालीन प्रस्तुति तथा मञ्चमा आत्मविश्वासपूर्ण उपस्थितिका कारण उनलाई धेरैले ‘स्टेज क्विन’ भनेर पनि चिन्ने गर्छन् । तर उनको सफलताको यात्रा भने सहज थिएन । संघर्ष, धैर्यता र निरन्तर मेहनतले नै उनलाई आजको स्थानमा पुर्याएको हो ।
‘शिरैमा शिरबन्दी’, ‘तिमीले बाटो फेर्यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’ जस्ता दर्जनौं गीतले मेलिनालाई गतिशील बनाइदियो । कहिले स्टेजमा, कहिले रेकर्डिङमा । यस्तो पनि समय आयो, एकै दिनमा छ वटा गीत रेकर्ड गर्नुपर्ने ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)