मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलन उपचार प्राथमिकतामा परेन : डा. भण्डारी

gorkhapatraonline.com · Wed May 24 06:38:05 GMT 2023

काठमाडौँ, जेठ १० गते । आफ्नो उपचार नेपालमै गर्ने चाहना राख्नु हुने सांसद डा. चन्द्र भण्डारीले जलन उपचार राज्यको प्राथमिकतामा नपरेको बताउनुभएको छ ।

भारतमा उपचार गराई हाल नेपालकै फ्रन्ट लाइन अस्पताल, काठमाडौँमा उपचार गराउन बाध्य भएका भण्डारीले आफू भारतमा उपचारका लागि गएपछि वीर अस्पतालमा सुवधिा सम्पन्न जलन उपचार केन्द्र बनाउने घोषणा गरेको भए पनि तीन महिनाभन्दा बढी हुँदासमेत सञ्चालनमा नआउनु दुःखद रहेको बताउनुभयो । उहाँले आगलागीका घटनामा सामान्यबाहेकको उपचार नेपालमा सम्भव नहुने भएकाले आम नागरिक विदेशमा पुगेर उपचार गर्ने अवस्था नरहेकाले नेपालमै सहज उपचार गराउन आवश्यक प्रविधिसँग पूर्वाधारयुक्त अस्पताल आवश्यक रहेको उल्लेख गर्नुभयो । यिनै विषयलगायतमा उहाँले बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्न समय लिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)