रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैन : महामन्त्री बुर्लाकोटी
nepalpress.com · Fri May 22 15:42:14 GMT 2026

पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई निराश हुन नदिने बताएका छन् ।
पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी काम भइरहेको बताएका हुन् ।
महामन्त्री बुर्लाकोटीले देशमा भएका बेतिथि र विसङ्गतिको जालाहरू तोड्नका लागि नेपाली जनताले पार्टीलाई करिब दुईतिहाइको बहुमत दिएर सरकारमा पठाएको बताउँदै विपक्षी दलहरूले जतिसुकै विरोध गरे पनि त्यस्ता जालाहरू तोडेरै छाड्ने बताए ।
उनले जनताको निराशालाई आशामा बदल्न काम नै गरेर देखाउनुपर्ने बताउँदै सोही कारणले संसद्मा प्रधानमन्त्री आउन नभ्याउनुभएको बताए । काम गर्ने बेलामा फोन उठाएर र संसद्मा बोलेर नतिजा दिन नसकिने बताउँदै महासचिव बुर्लाकोटीले काम नै गरेर देखाउने भएकाले कम्तीमा छ महिना पर्खेर हेरिदिन आग्रह गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सागर भुसालले समग्र पर्वत जिल्लाको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपरेको बताए । उनले आफूले पालिका सचिवालय सदस्यहरू नियुक्तिको विषयमा आलोचना भए पनि सहजतासहितको कार्यसम्पादनका लागि गठन गरिएको दाबी गर्दै आजैबाट विघटन गरेको घोषणासमेत गरे ।
Parbat. General Secretary of the National Independent Party, Kabindra Burlakoti, has said that the National Independent Party will not let the people be disappointed.
Speaking at a cadre meeting organized in Kushma Bazaar, the Parbat district headquarters, today, he said that the government is working effectively in the areas of education, health, employment, and good governance as desired by the citizens.
General Secretary Burlakoti said that the Nepali people have sent the party to the government with a two-thirds majority to break the web of injustice and discord in the country, adding that no matter how much opposition parties oppose them, they will break such webs.
He said that the Prime Minister had not been able to come to the Parliament because of the need to show his work to turn the people's disappointment into hope. Stating that it was impossible to give results by picking up the phone and speaking in the Parliament while working, General Secretary Burlakoti urged people to wait at least six months and see.
At the program, House of Representatives member Sagar Bhusal said that he is continuously working for the development and prosperity of the entire Parbat district. He also announced the dissolution of the Municipal Secretariat from today, claiming that despite criticism over the appointment of members, it was formed for smooth functioning.
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)