मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अतिक्रमणको चपेटामा बागमती

news24nepal.tv · Wed Oct 19 00:40:59 GMT 2022

काठमाडौँ। बागमती नदी किनार अतिक्रमणको क्रम तीव्र र भयावह बन्दै गएको छ। बागमती–मनहरा दोभानदेखि सुन्दरीघाटसम्म अहिलेसम्म ठूला–साना गरी तीन दर्जनभन्दा बढी स्थायी संरचना नै निर्माण भइसकेका छन्। कच्ची आवासको सङ्ख्या अझ बढी रहेका छन्। बागद्वारदेखि कटुवाल दहसम्म कुल ४८ किलोमिटर लम्बाइ रहेको बागमती नदी किनारमा संरचना निर्माण हुने क्रम अझै रोकिएको छैन।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नै नर्सरी सञ्चालन गर्न, ड्राइभिङ सेन्टर चलाउन, पार्किङ सञ्चालनलगायत विभिन्न व्यावसायिक प्रयोजनका लागि व्यक्ति, क्लब तथा सङ्घसंस्थालाई बागमती नदी किनारका जग्गा कहीँ भाडामा त कहीँ निःशुल्क नै दिएको पाइएको छ। यहाँसम्म कि बागमती नदी किनारमा निर्माण गरिएको पार्क सःशुल्क सञ्चालन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)