बिजुली छ, पठाउने बाटो छैन
nepalnews.com · Mon Jun 15 11:15:16 GMT 2026

लमजुङ। विद्युत् उत्पादन गर्न सक्ने क्षमता भए पनि बजारसम्म पुर्याउने प्रसारण लाइनको अभावमा लमजुङका पाँच जलविद्युत् आयोजनाहरूले आम्दानी गुमाइरहेका छन्। आयोजनागत रूपमा गरिएको अनुमान जोड्दा यस्तो नोक्सानी वार्षिक करिब दुई अर्ब १५ करोड रुपैयाँ पुग्छ।
दोर्दीखोला करिडोरका चार र ङादीखोला करिडोरको एक गरी पाँच जलविद्युत् आयोजना निर्माण सम्पन्न भई व्यावसायिक उत्पादनमा आइसकेका छन्। तर, हाल उपलब्ध १३२ केभी प्रसारण लाइनको सीमित क्षमताका कारण ती आयोजनाबाट उत्पादन गर्न सकिने सबै विद्युत् राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)