दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्रबिचको सहकार्य अपरिहार्य
makalukhabar.com · Mon Jun 15 11:19:19 GMT 2026

काठमाडौँ। श्रम बजारको माग र आपूर्तिबिच सन्तुलन कायम गर्दै देशभित्रै मर्यादित रोजगारी सिर्जना गर्न सरकारी निकाय र निजी क्षेत्र बिच एकीकृत सहकार्य हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घले सोमबार काठमाडौँमा आयोजना गरेको ‘निजी क्षेत्रको संलग्नतामा रोजगार सेवा केन्द्रको प्रभावकारी सञ्चालन रणनीति सम्बन्धी राष्ट्रिय कार्यशाला’ मा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन्।
रोजगार सेवा केन्द्रहरू र निजी क्षेत्रबिचको विद्यमान सहकार्य तथा संलग्नताको विस्तृत अवस्थागत अध्ययन गरी रोजगार सेवा केन्द्र, रोजगारदाता तथा सीप विकास तालिम प्रदायकबिच दिगो, प्रभावकारी र परिणाममुखी साझेदारी सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यशालामा बदलिँदो विश्वव्यापी श्रम बजार, प्रविधिको बढ्दो प्रभाव तथा नेपालका रोजगार सेवा केन्द्रहरूलाई बजारको मागअनुसार सञ्चालन गर्ने उपायबारे गहन छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)