मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

जितुको जन्मदिनमा दीपक : स्वादिष्ट सम्बन्धका लागि अलिकति अमिलो, अलिकता गुलियो

onlinekhabar.com · Mon Jun 15 11:18:02 GMT 2026

कलाकार तथा फिल्म निर्माता जितु नेपाल सोमबार जन्मदिन मनाउँदैछन् । उनी अहिले आफ्नो लगानीको फिल्म ‘आइएम जितबहादुर’ प्रवर्धनमा ब्यस्त छन् । यसबीच उनलाई जन्मदिनको बधाईको ओइरो छ ।

कुनैबेला उनीसँग फिल्म निर्माण र अभिनयमा सहकार्य गरेका दीपकराज गिरी, दीपाश्री निरौलासहितका अन्य कलाकारले जितुलाई शुभकामना दिइरहेका छन् । समयको गतिमा अहिले दीपक-दीपा र जितु अलग अलगरुपमा फिल्म निर्माणमा लागेपनि जन्मदिनजस्ता छेकोमा भने शुभकामना दिइरहेका हुन्छन् ।

यस्तोमा, दीपकले जितुलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै आफूहरूको मित्रता कृत्रिम नरहेको बताएका छन् । ३ दशकदेखि आफूहरूको मित्रता टिकिरहेको बताउँदै दीपकले लेखेका छन्-

मित्रता भनेको कागजको फूल होइन सधै उस्तै दुरूस्तै र कृत्रिम देखिने ! मीठो र स्वादिष्ट सम्बन्धका लागि त अलिकति अमिलो हाल्यो, अलिकता गुलियो मिसायो । त्यसमा एक चम्चा समझदारी, एक चिम्टी बिश्वास । थोरै ठास्स ठुस्स, केही मतभिन्नता मिसाएर सहकार्यको आगोमा पकाएपछि बल्ल बन्छ हाम्रो जस्तो सम्बन्ध ! सायद त्यहि कुराले नै हामीले ३० बर्ष देखि एक अर्कालाई शुभकामना दिइरहन सक्ने बनाएको छ ! जन्मदिनको असाध्यै शभकामना प्रिय मित्र जीतु नेपाल !!’

दीपक र जितुले ‘छक्कापञ्जा’, ‘छ माया छपक्कै’ लगायतका फिल्ममा सहकार्य गरेका छन् । दीपकको प्रस्तुत शुभकामनाले यी दुई कलाकारबीचको मित्रता कसरी उतारचढावपूर्ण ढंगले अघि बढिरहेको भन्ने बुझ्न सकिन्छ । दीपकले घुमाउरो ढंगले आफूहरू दुईजनाको मित्रतालाई उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)