झन्डै एक महिनादेखि बन्द वीरको सिटी स्क्यान मेसिन सञ्चालनमा
swasthyakhabar.com · Mon Jun 15 11:23:57 GMT 2026

काठमाडौं - झन्डै एक महिनादेखि बन्द रहेको वीर अस्पताल को सिटी स्क्यान मेसिन पुनः सञ्चालनमा आएको छ। मेसिनमा देखिएको प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएपछि बिरामीहरू निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर परीक्षण गराउन बाध्य भएका थिए।
अस्पताल प्रशासनका अनुसार आवश्यक मर्मत तथा प्राविधिक परीक्षण सम्पन्न भएपछि सिटी स्क्यान सेवा पुनः सुचारु गरिएको हो। सेवा सञ्चालनमा आएसँगै दैनिक रूपमा सिटी स्क्यान परीक्षण गराउने बिरामीहरूले राहत महसुस गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)