चिलिमेबाट सम्भवतः अरू ६ जनाको छिट्टै उद्धार गर्छौँ : सागर ढकाल
ratopati.com · Mon Sep 07 10:47:42 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले चिलिमे उद्धार कार्यको पछिल्लो स्थितिबारे जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सम्भवतः छिट्टै अरू ६ जनाको उद्धार गरिने आशा व्यक्त गरेका हुन्।
थ्री एको सामान लगेर पहिलो ब्लास्टिङ गरिएको ढकालले बताएका छन्। थ्री एको सुरुङ उकालो भएकाले माटो निकाल्न पानीको फोहरा प्रयोग गरिएको थियो। चिलिमेको सुरुङ ओरालो भएकाले लेदो माटो निकाल्न अर्कै उपाय आवश्यक परेको र त्यसका लागि मेसिन तयार पारिएको उनले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)