मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय खेलकुद मिति सरेको सर्‍यै

gorkhapatraonline.com · Thu Jun 19 00:03:23 GMT 2025

काठमाडौँ, असार ५ गते । दसौँ राष्ट्रिय खेलकुदको निर्धारित मिति तीन पटक सर्‍यो तर फेरि कहिलेलाई तोकिने हो टुङ्गो छैन । अझ हुन्छ कि हुन्न भन्ने अन्योल पनि कायमै छ ।

नेपाली खेलकुदको सबभन्दा ठुलो प्रतियोगिता राष्ट्रिय खेलकुदमा व्यक्तिगत, समूहगत खेलका खेलाडी, प्रशिक्षक र खेलकर्मी यो महोत्सवमा समेटिन्छन् । देशभरिका खेलाडीको जमघट हुने भएकाले राष्ट्रिय खेलकुद नजिकिँदा नेपाल खेलकुदको उत्साह हेर्नलायक हुन्छ । २०३८ सालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय खेलकुद प्रत्येक दुई वर्षमा आयोजना गर्ने प्रावधान रहेको छ । यस हिसाबले अहिलेसम्म राष्ट्रिय खेलकुदको २२ संस्करण हुनुपर्ने हो । यद्यपि निर्धारित समयमा कहिल्यै गर्न नसक्ने विद्यमान समस्याका कारण अहिले कर्णाली प्रदेशमा हुने भनिएको राष्ट्रिय खेलकुदको बल्ल १० औँ संस्करण हुँदै छ । त्यसको पनि मिति तय गर्न सकिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)