सुरुङभित्र फसेकाको खोजी अझै जारी, उद्धारमा अनेक चुनौती
himalpress.com · Mon Sep 07 10:59:44 GMT 2026

नुवाकोट- रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीले भोटेकोशी र त्रिशूली नदीमा आधारित जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। ती आयोजनामा कार्यरत सयौँ कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन छन्। सुरुङभित्र मानिस फसेको हुनसक्ने आशंकामा नेपाली सेना, आयोजना र विदेशी विशेषज्ञ टोलीले खोज तथा उद्धार जारी राखेका छन्।
१११ मेगावाट क्षमताको रसुवागढी आयोजनामा भदौ १० गतेदेखि नै उद्धार प्रयास सुरु भएको थियो। आयोजनाका वरिष्ठ जियोलोजिष्ट तथा टनेलविज्ञ विष्णु सिवाकोटीका अनुसार भदौ १२ गतेदेखि उद्धारलाई निरन्तरता दिइएको थियो। सेनाले भदौ १३ गतेदेखि सक्रिय रुपमा उद्धार सुरु गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)