बागमतीमा स्वास्थ्य तथा सामाजिक मन्त्रालयका लागि ९ अर्ब ६ करोड
ratopati.com · Mon Jun 15 11:46:36 GMT 2026

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि ९ अर्ब ६ करोड बजेट विनियोजन गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार उक्त बजेटले एक विद्यालय एक नर्स कार्यक्रम संचालन गर्ने, उक्त कार्यक्रम क्रमशः स्थानीय तहमा हस्तान्तरण गर्दै लगिने छ ।
प्रदेश सरकारले आगामी वर्षमा सडक मानवमुक्त प्रदेश निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताए । निःशुल्क र अनिवार्य शिक्षा लागु गर्ने, आवासीय विद्यालयको व्यवस्थापनका आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)