मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इलाम गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश

ratopati.com · Mon Apr 20 17:52:34 GMT 2026

इलाम । यहाँ जारी तेस्रो इलाम गोल्डकपअन्तर्गत सोमबार मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एन पेनाङ मलेसियालाई टाई ब्रेकरमा हराउँदै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

सोमबार भएको खेलमा मच्छिन्द्रले एन पेनाङलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । खेलको निर्धारित ९० मिनेटको अवधिमा दुवै तर्फबाट गोल नभएपछि टाई ब्रेकरमा निर्णय लिइएको थियो । मच्छिन्द्रका सनिश श्रेष्ठ, मिलन चाम्लिङ र देवेन्द्र तामाङले गरेको प्रहार गोलमा परिणत भएको थियो । एन पेनाङका ओलाए र पाउलले गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)