कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड
nepalpress.com · Mon Jun 15 11:48:06 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्व ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले गतवर्षको भन्दा १२ दशमलब ७४ प्रतिशत बढिको बजेट प्रस्तुत गरेका हुन् ।
लिङ्थेपले चालूतर्फ १३ अर्व ९७ लाख ६३ लाख र पूँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख बजेट विनियोजन गरिएको बताए । यो बजेट पूँजीगततर्फ ५१दशमलब ३२ प्रतिशत र चालूतर्फ ३४ दशमलब ५५ प्रतिशत हो । यस्तै वित्तीय व्यवस्थापनतर्फ १५ करोड रुपैयाँ विनियोजन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
कोसी प्रदेश